चौरजहारीमा ब्लड बैंक स्थापना हुने

चौरजहारीमा ब्लड बैंक स्थापना हुने

मुसिकोट । रगतको सहज आपूर्ति व्यवस्थाका लागि रुकुम पश्चिममा पहिलो पटक व्लड बैंक स्थापना हुने भएको छ । जिल्लाको चौरजहारी नगरपालिकामा ब्लड बैंक स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । नेपाल रेडक्रस सोसाईटी चौरजहारी उपशाखा, चौरजहारी अस्पताल र चौरजहारी नगरपालिकाको साझेदारीमा ब्लड बैंक संचालन गरिने भएको हो।

चौरजहारी  नगरपालिकाको-१ नाखिरामा रहेको रेडक्रसको आफनै भवनवाट उक्त सेवा संचालन गर्न लागिएको नेपाल रेडक्रस सोसाईटी चौरजहारी उपशाखा सभापति तेजबहादुर वटलाले वताउनुभयो ।

ब्लड वैंकमा २ सय पोका व्लड स्टोर गर्न सकिने र त्यसको म्याद १ महिना सम्म रहने उहाँले जानकारी दिनुभयो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ब्लड वैंक सञ्चालन गर्ने तयारी भएपनि सोलार जडानको काम नसकिएकाले असार पहिलो साता संचालनमा आउने उहाँको भनाई छ ।

जिल्लामा ब्लड बैंक नहुँदा रगतको अभाव हुने गरेको छ । अहिले जिल्लामा रगत आवश्यक पर्ने बिरामीलाई रगतको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्यलाई गुहार्नु पर्ने अवस्था रहेको छ ।

ब्लड  वैंक स्थापना गरी संचालनमा आएको खण्डमा अस्पतालमा प्रसूति हुन आउने रक्तअल्पताका गर्भवती महिला तथा अन्य विरामीहरुलाई सहज हुने विश्वास लिईएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले बताउनु भयो।

रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, र जाजरकोटलाई केन्द्रित गरी चौरजहारीमा ब्ड वैंक स्थापनाको लागि विगत ३ वर्ष पहिले देखि प्रक्रिया अगाडी वढाईएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार