कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

जेठ २ कपिलवस्तु
कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्समा समेत कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेका सबै सेवाहरू आज बाट शुक्रवार बन्द गरिएको छ ।

तीन दिनअघि अस्पतालमा कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालकै आइसोलेन बेडमा उपचार सुरू गरिएको छ ।

स्टाफ नर्स संक्रमति भए पनि अस्पतालमा सेवा सुचारु गरिएकोप्रति तौहिलवामा विरोध सूरु भएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमति भएपछि आकस्मिक सेवा र प्रसुति सेवाबाहेक सबै सेवाहरु बन्द गरिएको सुचना निकालेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरु पनि कोरोनाको जोखिममा परेको र स्वाब संकलन कार्य जारी रहेको डाक्टर क्षेत्रीले बताए । स्वाबको रिपोर्ट नआउँदासम्मका लागि अस्पतालमा सबै सेवा बन्द गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र अस्पतालको सम्पर्कमै रहन आग्रह गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार