मोरङ र धनकुटामा पहिलो पटक ३ जनामा काेराेना संक्रमण पुष्टि

मोरङ र धनकुटामा पहिलो पटक ३ जनामा काेराेना संक्रमण पुष्टि

जेठ ४ काठमाडौ ।

 आईतबार प्रदेश १ का दुई जिल्लाका तीन जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।

उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा स‌ंक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार