सभामुख महराको पहलमा तुलसीपुरमा बन्ने भयो अस्थायी इन्धनडिपो

सभामुख महराको पहलमा तुलसीपुरमा बन्ने भयो अस्थायी इन्धनडिपो

घोराही । तुलसीपुरको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धनडिपो बन्ने निश्चित भएको छ ।

सभामुख कृष्णबहादुर महराको पहलमा इन्धनडिपो बन्न थालेको हो । अहिले भारतबाट अस्थायी प्रकृतिको इन्धनडिपोका लागि सामान आइसकेको छ ।

भारतबाट भञ्सार क्रस गर्ने वित्तिकै महराले सो डिपो टरिगाउँ विमानस्थलमा राख्नका लागि बिभागीय मन्त्रीलाई आग्रह गरेका थिए ।

‘मैले आग्रह गरेपछि विभागीय मन्त्रिले सो डिपो दाङमा राख्नका लागि निर्णय गराउनुभएको छ,’ चेतना अनलाइनसँग टेलिफोनमा कुरा गर्दै महराले भने, ‘यो दाङ र समग्र राप्तीबासिका लागि खुशीको कुरा हो ।’ सभामुख महराले निर्वाचनका बेला इन्धनडिपो स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

इन्धनडिपो स्थापनका लागि पहल गरिदिन तुलसीपुरका मेयर घनश्याम पाण्डेयले महरालाई आग्रह गरेका थिए । त्यसका लागि नेकपाका केन्द्रीय सदस्य एवं सांसद् मेटमणि चौधरी काठमाडौंमै छन् । उनी पनि इन्धनडिपोका लागि पहल गरिदिन आग्रह गर्दै सभामुख निवास पुगेका थिए ।

तुलसीपुरमा नेपाल वायु सेवा निगमको विमान नियमित सञ्चालनमा आउन थालेको छ । यसका लागि परिक्षण उडान समेत भइसकेको छ । अब विमानस्थल नियमित रुपमा सञ्चालन हुने महराले विश्वास व्यक्त गरे ।

‘लामो समयको प्रतिक्षापछि दाङबासीको सपना पूरा भएको छ,’ उनले भने, ‘यहाँको विकासमा यस क्षेत्रका सबै जनप्रनिधिहरु एकतावद्ध भएर लाग्नुपर्छ ।’ महराले इन्धनडिपो स्थापनका लागि पहल गर्ने मुख्यमन्त्री शंकर पोखरेल सहित दाङबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई धन्यवाद दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार