चौरजहारी घटनाको विरोधमा बाबुराम भट्टराई सडकमा

चौरजहारी घटनाको विरोधमा बाबुराम भट्टराई सडकमा

जेठ १८ काठमाडौं

रुकुम पश्चिमकाे चौरजहारि नगरपालिका ८ साेतिमा भएकाे घटनाको विराेधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पनि सहभागी थिए ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए  । त्यस क्रममा विकसहित ५ जनाको मृत्यु  भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार