सोती घटनाको विरोधमा बाँफिकोटमा प्रदर्शन

सोती घटनाको विरोधमा बाँफिकोटमा प्रदर्शन

जेठ १९ काठमाडौ
रुकुमकाे सोतीमा भएकाे घटनाको निष्पक्ष छानबिनको माग गदै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बिरोध प्रर्दशन भएको छ । जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा मृत्यु भएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि सोमबार संयुक्त दलित अधिकार मञ्च बाँफिकोटको अगुवाईमा युवाहरुले प्रर्दशन गरेका छन ।

उनीहरुले हत्यारालाई कारबाही र घटनाको निष्पक्ष छानबिन गरि पिडितलाई उचित राहत दिन सरकालाई आग्रह समेत गरेका छन । साथै उनीहरुले घटनालाई तोडमोड नगरि निष्पक्ष अनुसन्धालको लागि सहयोग गर्न आग्रह गरेका छन । प्रर्दशनमा उत्रिएका युवाहरुले नाराजुलुस गरि बाँफिकोट गाउँपालिकाका अध्यक्ष र स्थानीय राजनीति दललाई ज्ञापन पत्र बुझाएको दलित अधिकारकर्मी मन बहादुर बादीले बताउनु भयो ।

लकडाउनको प्रवाह नगरी उनीहरु न्यायका लागि प्रर्दशनमा उत्रिएका थिए । राजनीतिक पहुँचका आधारमा घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै बिरोध प्रदर्शन गरिएको युवाहरुले बताएका छन ।

जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराज सहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १० गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटपिट गरेर हत्या गरेको आरोप लागेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार