झन् झन् बढ्दै कर्णालीमा कोरोना संक्रमित

झन् झन् बढ्दै कर्णालीमा कोरोना संक्रमित

लक्ष्मण केसी, जेठ २० काठमाडौ
कर्णाली प्रदेशमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या बढदै गएको छ । मंगलबार मात्रै कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा सुर्खेतका ११ सल्यानका ९ र अछामका ९ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले बताउनु भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

कर्णालीमा कोरोना नियन्त्रणका लागि ठोस गृहकार्य भएन
कर्णाली प्रदेश बाहेका जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढेको बेला कर्णाली प्रदेश सरकारले त्यसलाई हलका रुपमा लिँदै प्रदेश सरकारका मन्त्रीहरुले कर्णालीलाई ‘ग्रिन जोन’ मा राख्ने मात्रै नभई कोरोना मुक्त घोषणा गर्नुपर्ने भन्दै हिँडे। भारतबाट आफ्ना नागरिक कष्टपूर्ण तरिकाले गाउँ भित्रँदै गरेको यथार्थलाई उनीहरुले उपेक्षा गरे। जिल्ला जिल्लामा कोरोना रोकथामको तयारीबारे खासै ठोस गृहकार्य गरेनन्।

अहिले कर्णाली प्रदेशमा भारतबाट आ-आफनो जिल्लामा धमाधम नागरिक भित्रन थालेपछि परीक्षणको दायरा केहि मात्रामा  बढाएसँगै काेराेना संक्रमितको संख्या हरेक दिन उकालो लागेको छ। तर पनि परीक्षण सबै जिल्लामा हुन सकेको छैन । अहिले पनि अधिकाशं जिल्लामा क्वारेन्टिन, किट, आइसोलेसन बेड अभावले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भएकाले त्यसमा केन्द्र सरकारकाे  सहयोगको खाचो परेको छ ।

आरडीटी तथा पीसीआर परीक्षणमा देखिएको गतिरोध हटाउन नसक्नु कर्णालीका लागि अर्को चुनौती हो । पछिल्लो समय भारतबाट आएका व्यक्तिहरूको ल्याब परीक्षण जति बढी भयो, उत्तिकै मात्रामा नयाँ संक्रमित देखिएका छन् । तर, भारतबाट आएका जोखिममा रहेका व्यक्तिहरूको परीक्षणको गति निकै सुस्त छ ।

मुलुकभर क्वारेन्टिन व्यवस्थापनलाई लिएर स्थानीय सरकार सकसमा परेका छन्। क्वारेन्टिनको संख्या र स्तरीयता दुवैलाई लिएर चर्को प्रश्न उठेको छ। कर्णालीमा पनि यो समस्या भयावह बन्दैछ। तर संक्रमितको संख्या बढेपछि मात्रै तयारी थाल्नु कति उचित हो ? कर्णाली प्रदेश सरकारसँग यसको जबाफ छैन। केहि जिल्लामा क्वारेन्टिन अपुग हुँदा भारतबाट आएकाहरु सिधै घर जान बाध्य छन्।

कर्णालीमा ६ हजार ८ सय ४७ बेडसहित दुई सय २७ क्वारेन्टिन सञ्चालनमा छन्। ति सबै नाम मात्रका क्वारेन्टिन छन । नत त्यहा राम्रो सँग खानेपानीको व्यवस्था गरिएको छन नत खाना र बस्नलाई । अहिले पनि विद्यालय, सामुदायिक भवनलाई क्वारेन्टिन बनाएका स्थानीय सरकारले संक्रमित र संक्रमण पुष्टि नभएकालाई एकै ठाउँमा राख्न बाध्य छन् । सोमबार साँझसम्म कर्णालीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ४ सय ७४ जना रहेका छन् ।

त्यसैले अझै पनि प्रदेश सरकारले केन्द्र सरकार सँगको सहयोगमा क्वारेन्टिनमा बसेमा सबैको पिसिआर परीक्षण नगरे कर्णाली संक्रमणको ‘इपी सेन्टर’ बन्न सक्ने भएकाले समयै ध्यान दिन जरुरी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार