बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

जेठ २६ गुलरिया

बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीहरूमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो ।

चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेसनमा राखिएको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार