देवबहादुर विकको अर्घाखाँचीमा शव अलपत्र

देवबहादुर विकको अर्घाखाँचीमा शव अलपत्र

असार ३ काठमाडौ

मंगलबार राति क्‍वारेन्टाइनमा आत्महत्या गरेका शीतगंगा नगरपालिका–५ का ४५ वर्षीय देवबहादुर विकको शव अलपत्र परेको छ ।

रुखमा झुण्डिएको देखेर स्थानीयले खबर गरेपछि बपहानै पुगेको प्रहरीले अझै पासो काटेको छैन । जलुकेस्थित हरि माविको क्‍वारेन्टाइनमा बसेका बेला राति ३ बजे आत्महत्या गरेका उनको आरडीटी रिपोर्ट पोजिभिट आएको थियो । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर जेठ २४ गते प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । ‘आरडीटी पोजिटिभ देखिएकाले पीसीआर रिपोर्ट आउँदासम्म पर्खिने कि के गर्ने अन्योल छ’, उनले भने ।

विक भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका थिए । ‘शव व्यवस्थापन अहिलेसम्म भएको छैन, हामी पीसीआर रिपोर्ट कुरेर बसेका छौं’, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने । स्वाब छिटो परीक्षण गरिदिन प्रयोगशालालाई अनुरोध गरेको उनले बताए । ‘अब परिवारसँग सल्लाह गर्छौं, उनीहरुले रिपोर्ट कुर्दैनौं भनेमा शव व्यवस्थापन गर्छौं नत्र शवलाई यत्तिकै राख्नुबाहेक विकल्प भएन’, उनले भने ।

वडाध्यक्ष कमल पौडेलले जिल्ला प्रशासनको ढिलाई र व्यवस्थापनको कमजोरीका कारण शव झुण्डिएकै अवस्थामा रहेको आरोप लगाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार