नेपालमा पछिल्लो २४ घन्टामा थपिए ५३५ कोरोना संक्रमित,

नेपालमा पछिल्लो २४ घन्टामा थपिए ५३५ कोरोना संक्रमित,

असार ८ काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने  २३ जनाले ज्यान गुमाएका छन्।

नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार