मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

प्रतिकात्मक तस्बिर

असार ९ काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।

सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

योसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै मृतक २४ जनामा कोरोनाभाइरस देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार