चितवनमा उपचारका क्रममा कैलालीका कोरोना संक्रमितको मृत्यु

चितवनमा उपचारका क्रममा कैलालीका कोरोना संक्रमितको मृत्यु

असार १३ काठमाडौ
चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै उपचारका क्रममा भरतपुर अस्पतालमा दुई जनाको निधन भएको छ ।

यसअघि भरतपुरकै एक जना वृद्ध निजी अस्पतालमा उपचार गराइरहेका बेला जेठ २६ मा कोरोना संक्रमित पुष्टि भएपछि तत्कालै भरतपुर अस्पताल पठाइएको थियो । भोलिपल्टै जेठ २७ गते बिहान उनको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार