जाजरकोटमा दुई बर्षका बालक पहिरोमा परि बेपत्ता

जाजरकोटमा दुई बर्षका बालक पहिरोमा परि बेपत्ता

असार १५ काठमाडौं

जाजरकोट पहिरोमा परि एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् ।

आइतवार राती घर नजिकैबाट पहिरो आउन थालेपछि गणेशको परिवार पशुचौपायाको उद्धार गर्न निस्केको बेला बालक बेपत्ता भएका हुन् । ‘पहिरो आए पछि चौपायको उद्धार गर्न श्रीमति सहित हामी बाहिर निस्कियौ । श्रीमतिले बाबुलाई समातेकी थिइन । म पहिरोमा लडे मलाई बचाउन खोज्दा छोरा फुत्किएछ । पहिरोले कता लियो थाहै भएन’ गणेशले भने पहिरोले बाबुलाई लग्यो धेरै खोज्यौ तर भेटाउनै सकेनौ ।
पहिरोमा बेपत्ता ति बालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । अहिले स्थानिय र प्रहरीले बेपत्ता बालकको खोजी भैरहेको स्थानिय ज्ञानीप्रसाद शर्माले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार