रियल मड्रिडले घोषणा गर्‍यो महिला टिम

रियल मड्रिडले घोषणा गर्‍यो महिला टिम

स्पेनिस फुटबल क्लब रियल मड्रिडले अन्ततः आफ्नो महिला टिम तयार गरेको छ । रियल मड्रिडले महिला टिम घोषणा गर्नु अति ठूलो र सकारात्मक कुरा रहेको बताइएको छ ।

मड्रिडमा आधारित क्लब ताकोनलाई रियल मड्रिडले तीन लाख युरोमा खरिद गरेको थियो । अब आधिकारिक रुपमा सो क्लबको नाम रियल मड्रिड फेमिनिनो रोखिएको छ ।

रियल मड्रिडले वक्तव्य जारी गरेर खेलको विकास तथा समृद्धिका लागि टिम घोषणा गरिएको जनाएको छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भनेका छन्, ‘तपाईँहरु सबैले गर्व गर्ने टिम निर्माणको समय आएको छ ।’

अहिलेसम्म रियल मड्रिड युरोपको एक मात्र त्यस्तो प्रमुख क्लब थियो, जसको महिला टिम थिएन।

सन् २०१८ मा पहिलो पटक महिला बालोन डी’ओर जितेकी लियोनकी एडा हेगरबर्गले टिमको घोषणा हुनु अति सकारात्मक कुरा रहेको बताएकी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार