रुकुम पूर्व र पश्चिमका स्वास्थ्य स्वयंसेविकालाई पीपीई सेट वितरण

रुकुम पूर्व र पश्चिमका स्वास्थ्य स्वयंसेविकालाई पीपीई सेट वितरण

रुकुम पूर्व र पश्चिमका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । रुकुम पश्चिमका ६ र पूर्वका ३ वटा स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)  वितरण गरेको हो ।

रुकुमेली समाज विकास केन्द्रको सहयोगमा उक्त सामाग्रीहरु वितरण गरिएको हो । यहि असार २२ र २३ गते भिटामिन ए ,जुकाको औषधी खुवाउने र बालभिट्टा विरण गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरु कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि उक्त सामाग्री वितरण गरिएको हो ।

रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिम द्रारा सञ्चालीत सुआहारा कार्यक्रमले रुकुम पश्चिममा २ सय ४६ र रुकुम पूर्वका १ सय ४२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ पिपिई, मास्क, ग्लोव्स र सेनिटाईजर वितरण गरेको संस्थाका अध्यक्ष नरबहादुर नेपालीले बताए ।

यस्तै संस्थाले दुई जिल्लाका ९ वटै स्थानिय तहलाई कोरोना रोकथामको लागि प्रति स्थानीय तह दश हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार