सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि लीला सिटौला सांसद बन्ने

सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि लीला सिटौला सांसद बन्ने

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सासद पदबाट हटाउने भएपछि   अब उनकाे ठाउँमा ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार