विभूषणमा ‘आफन्त’ परम्परा नै हाबी

विभूषणमा ‘आफन्त’ परम्परा नै हाबी

अशोज ३, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिलाई विविध मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा भएको छ ।

गृह मन्त्रालयले जारी गरेको विभूषित हुने व्यक्तिको सूचिमा सबैभन्दा पहिलो नाम केही महिनाअघि निधन भएका साहित्यकार मदनमणि दीक्षितको छ ।

उनीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारले महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) पाउने भएका हुन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टरमा रहेका र सो दुर्घटनामा निधन भएकाहरुले पनि विभिन्न पदवी पाउने भएका छन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक तथा त्रिवि शिक्षण अस्पतालकी प्राध्यापक डा. दिव्या सिंह शाहले सुपसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) प्रदान गरिने भएको छ । डा. शाहसँगै प्रधानमन्त्री ओलीको उपचारमा विगतदेखि हालसम्म सामेल भएका भारतीय तथा सिंगापुरका डाक्टरले पनि सोही मानपदवी पाउने भएका छन् ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलका सिनियर कन्सल्ट्यान्ट प्राध्यापक अनन्थरमण वास्थसाला, दिल्लीको एमएक्स ग्रुप अफ हस्पिटलका प्रमुख प्राध्यापक डा. अनन्त कुमार, इन्स्टिच्युड अफ एडल्ट रिकन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका प्रमुख डा. राजीव कुमार शर्मा, अपोलो अस्पताल नयाँ दिल्लीका डा. हर्ष दुवासहिले सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) पाउने भएका हुन् । यसैगरी विमान दुर्घटनामा निधन भएका आङ छिरिङ्ग शेर्मा तथा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले पनि सोही पदवी पाउने छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. भगवान कोइराला उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्धितिय श्रेणी) बाट सम्मानित हुने भएका छन् । उनले प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्याले भन्दा तल्लो तहको सम्मान पाउने भएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ । यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।

विभूषित हुनेको सूचि

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार