इजिप्टमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, भ्रष्टाचार आरोपपछि राजीनामा माग

इजिप्टमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, भ्रष्टाचार आरोपपछि राजीनामा माग

अशोज ४, इजिप्टका राष्ट्रपति अब्दुल फातह अल–सिसीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई लक्षित गरी अश्रु ग्यास प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सन् २०१४ मा अल–सिसी सत्तामा आए यता भएको यो पहिलो प्रदर्शन हो । सयौँ प्रदर्शनकारी कायरोको तहरिर स्क्वायरमा भेला भएर प्रदर्शन गरेका हुन् । यहि ठाउँबाट सन् २०११ को इजिप्ट ‘क्रान्ति’ को प्रदर्शन सुरु भएको थियो ।

तहरिर स्क्वायरसँगै देशका अरु ठाउँमा पनि प्रदर्शन भएको जनाइएको छ । केही व्यक्ति पक्राउ परेका छन् । राष्ट्रपति अल–सिसीको सरकारमाथि भ्रष्टाचारको आरोप लागेपछि प्रदर्शन सुरु भएको हो ।

इजिप्टका व्यवसायी तथा अभिनेता मोहमेद अलीले अनलाइनमा शृङ्खलाबद्ध रुपमा भिडियोहरु पोस्ट गर्दै राष्ट्रपति अल–सिसीले आफ्नो सुविधा तथा आरामका लागि दशौँलाख रकम सुविधा सम्पन्न निवास तथा होटलमा खर्च गरेको तर दशौँ लाख नागरिक भने गरिबीमा रहेको उल्लेख गरेका थिए । त्यसपछि प्रदर्शन सुरु भएको हो । राष्ट्रपति अल–सिसीले सबै आरोप झुटा रहेको भन्दै त्यसको निन्दा गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार