बोर्नमाउथ तेस्रो स्थानमा उक्लियो, म्यानचेस्टर सिटीसँग अंक बराबर

बोर्नमाउथ तेस्रो स्थानमा उक्लियो, म्यानचेस्टर सिटीसँग अंक बराबर

४ असोज, काठमाडौं । साउथ ह्याम्पटनलाई ३-१ ले हराउँदै बोर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै बोर्न माउथ र म्यानचेस्टर सिटीको बराबर १० अंक भएको छ ।

शुक्रबार राति भएको खेलमा बोर्नमाउथले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमै उसले एक गोल खायो ।

नाथनको गोलबाट बोर्नमाउथले पहिलो हाफको १० मिनेटमै १-० को अग्रता लिएको थियो । ३५ औँ मिनेटमा हृयारी विल्सनले अर्को एक गोल थप्दै टिमलाई २-० को अवस्थामा पुर्‍याए । तर, दोस्रो हाफ सुरु भएपछि ५३ औँ मिनेटमा जेम्सले साउथहृयाम्पटनका लागि एक गोल फर्काए । उनले पेनाल्टीमार्फत् गोल गरेका हुन् । इन्जुरी समयको पाँचौं मिनेटमा विल्सनले गोल गरेपछि बोर्नमाउथले ३-१ ले विजयी भयो ।

जितसँगै ६ खेलबाट १० अंक पुर्‍याएर बोर्नमाउथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान १० अंक नै छ । यद्यपि म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

पाँच खेल खेलेको टोटनहृयाम ८ अंकसहित चौथो स्थानमा र ६ खेल खेलेको साउथहृयाम्पटन ७ अंकसहित ११ औं स्थानमा छ ।

पाँच खेल खेलेको लिभरपुल ११ अंकसहित पहिलो स्थानमा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार