काठमाडौँ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले नमूना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिन थालेका छन् । जस अन्तरगत यस बर्ष सरकारले १०० वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानव श्रोत विकास केन्द्र अन्तर्गत विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले उक्त विद्यालय छनौट गरेको हो । सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले सबै स्थानिय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने सरकारको योजना छ ।
नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ । नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन, २०७५) अनुसार आवेदन दिने विद्यालयमा पर्याप्त सामग्रीसहितको प्रयोगशाला र कक्षा ११ र १२ मा अनिवार्यरुपमा विज्ञान विषयको पढाइलगायत विषयको सत्यपान गरी छनोट गरिएको हो । सम्बन्धित विद्यालय व्यवस्थापन समितिले पेश गर्ने सुधारको गुरुयोजनालाई स्थानीय तहको सिफारिस हुँदै केन्द्र सरकारमा प्रतिबद्धता प्राप्त भएपछि हरेक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय हुने गरी ती विद्यालय छानिएका हुन् ।
नमूना विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेराबार तथा बगैँचा, प्रशासनिक भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्राथमिक उपचार तथा परामर्श कक्ष, विद्यालय सङ्ग्रहालय, प्रयोगशाला, अडिटोरियम हल, चमेनागृह, खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा, व्यावसायिक कार्यशाला कक्ष आदिको प्रबन्ध हुनेछ । छनोट भएका विद्यालयहरुको सूची



