राखेपको सदस्य-सचिवका लागि २७ जनाको आवेदन

Corona-Ad-Raptisonari

राखेपको सदस्य-सचिवका लागि २७ जनाको आवेदन

Florence Ad

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि २७ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सदस्यसचिव सिफारिस समितिले एक हप्ताको समय दिएर गत शुक्रबार दरखास्त आह्वान गरेको थियो ।

 

आवेदन दिनेहरुमा परिषद्को सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित खेलकुद महासंघका नेता मेघराज पौडेल र लिलबहादुर थापामगर, अन्यमा रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, रवि राजकर्णिकार, अचुतम लामिछाने, निलम सिंह बज्राचार्य, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मनबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी र किशोर शाही रहेका छन् ।

 

त्यस्तै अन्जु श्रेष्ठ, सुदिल शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दिपेन्द्र ढकाल र तेजबहादुर गुरुङ रहेका छन् । आवदेनलाई गहन अध्ययन र छलफल गरी छिट्टै एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने बताएको छ ।

सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले चार वर्षका लागि खेलकुद परिषद्को सदस्यसचिव नियुक्त गर्नेछ । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १८ गतेदेखि कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्यसचिव छनोट भइरहेको हो ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad