बेरोजगार व्यक्तिलाई पालिकामा निवेदन दिन सरकारको आग्रह

बेरोजगार व्यक्तिलाई पालिकामा निवेदन दिन सरकारको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिले भदौ ७ गतेसम्म सम्बन्धित गाउँपालिका तथा नगरपलिकाको वडामा निवेदन दिन आग्रह गरेको छ । यसअघि आर्थिक वर्ष २०७७र०७८ मा रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने भनिएपनि बन्दाबन्दीको कारण प्रभावित भएको थियो । मन्त्रालयले यही ८ गतेदेखि आगामी भदौ ७ गतेसम्म नयाँ मिति कायम गरेको हो ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गर्दै २०७७ चैत १ गतेदेखि बेरोजगारको तथ्यांक संकलन प्रारम्भ भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोले बेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचिकरणको काम हुन नसकेको उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार