स्यार्पुतालमा भएको ढुङ्गा दुर्घटना बारे मेरो प्रश्न

स्यार्पुतालमा भएको ढुङ्गा दुर्घटना बारे मेरो प्रश्न

पश्चिम स्यार्पुको नाममा मेला महोत्सव र जात्रा लायर प्रथम स्यार्पु महोत्सव देखि आजका दिनसम्म करोड पैसामा हालिमुहाली गर्ने राज्यकोषको लाखौ रकम एक बर्षको महोत्सवको नाममा पाँच बर्षसम्म तारबिनियोजन गर्ने ?

सहकारीको नाममा माछा भ्यागुता र गगटाको अराजनिती गर्ने ? विधालय व्यबस्थापन हुँदै बन समिती बाल क्लब युवा क्ल्ब र आमा समुह जता खाली हुन्छ जहापनी धुर्बे हात्ती बन्ने तर ढुङ्गाको अवस्था असामान्य भएको करिब दुई बर्ष पहिले हो तर मर्मत सम्भार लाईफ ज्याकेट उद्दार ? नियमन नियन्त्रण र अनुगमन गर्न नपर्ने पैसा भए र आफ्नो भए जुनसुकै खत पनि माफ हुने अरु भए नगरेको गल्तिको पनि भागिदार हुनुपर्ने ? तत्काल उद्दारको लागि सरकारी निकाय प्रहरीको शिघ्र उपस्थितिको लागि पहल नहुनुपर्ने ?

उल्कै विकाश गरे स्यार्पुको कायापलट गरे भन्ने ? अनि सहकारीको हालसम्मको आय अथवा व्यय के कति कहाँ हो ? सार्वजनिक नगर्ने ? खातापाता देखि सबै हिसाब चोरी हुदा गुमनाम हुदा पनि केही नहुने खोजी अनुसन्धान र छानबिन नगर्ने ?

राज्य र संविधानले प्रदान गरेका सेवा सुविधा राज्यको प्रतिनिधिको हैसियले प्रदान गर्नुपर्नेमा आस्थाका आधारमा उच निचको व्यबहार गर्ने कथित द्वन्दकालकै शैलिमा काम गर्ने युएम एन घचकमउ र कृषी सडक मेरो अनुकम्पा र निगाहले बबेको हो भन्ने दातृ निकाय र सरोकारवाला निकायको बजेटमा मोल मोलाई गर्ने जापानी सहयोग नियोग जाईका जर्मन प्राविधिक सहयोग जिटिजेट योजनाहरुबाट समयमै मोटो रकम कुम्लो पार्नेहरु तर महाराज बनेर अर्काको मात्र चियो चर्चो गर्ने कसैले मेरा विरुद्ध कुरा गर्छ कि म कहाँ आउनु भनेर इनाम घोषणा गर्ने कथित बादसाह हरु होसियार ।

गल्ती गरिदैन गल्ती भएछ भने सुधारौला तर अति हुनु भएन राजा महाराजा राना पन्चायत हुँदै शसत्र द्वन्दको समेत अबशान भएकै हो । स्वनाम घोषित बादशाह र अरु पुच्छर पनि  ताली बजाकर थाली बजाकर ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार