शनिबार थप ५७ जना कोरोना संक्रमित थपिए

शनिबार थप ५७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।

योसँगै कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको छ । यस्तै कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार बढी छन्।

क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेका छन । कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार