म्यानचेस्टर सिटीलाई स्तब्ध पारेर आर्सनल एफए कपको फाइनलमा

म्यानचेस्टर सिटीलाई स्तब्ध पारेर आर्सनल एफए कपको फाइनलमा

आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलार्य २–० ले पराजित गरेर आर्सनलले उपाधि नजिकको यात्रा तय गरेको हो ।

आर्सनलका प्रशिक्षक मिकेल आर्तेताले आफ्ना मेन्टोर पेप गार्डिवलालाई पछि पारेर फाइनल यात्रा तय गरेका हुन् ।

गएको डिसेम्बरमा आर्तेताले म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षकको जिम्मेवारी छोडेर प्रशिक्षकका रुपमा आर्सनलमा अनुबन्धित भएका हुन् ।

आर्तेताको प्रशिक्षणमा रहेको आर्सनललाई जिताउनका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन्। उनले १९ र ७१ ओँ मिनेटमा गोल गरे । अब उपाधिका लागि आर्सनलले अगस्ट १ मा चेल्सी वा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार