स्पेनमा फेरि बढ्यो कोरोना संक्रमण, लगाइयो नयाँ प्रतिबन्ध

स्पेनमा फेरि बढ्यो कोरोना संक्रमण, लगाइयो नयाँ प्रतिबन्ध

एजेन्सी । स्पेनको उत्तर-पूर्वी क्षेत्रको कैटलोनियामा विभिन्‍न प्रतिबन्धका बीच पुन: कोरोना संक्रमणको संख्या बढेको छ । त्यहाँ एकै दिनमा हजारजना भन्दा बढी संक्रमित फेला परेको बीबीसीले समाचारमा जनाएको छ ।

त्यहाँको स्वास्थ्य विभागले बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको जनाएको छ । त्यसका बाबजुद पनि बार्सिलोनाका ४० लाख सर्वसाधारणलाई घरभित्रै रहन आग्रह गरिएको छ ।

अहिले स्पेनको कैटलोनिया राज्य सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको क्षेत्रमा समावेश छ ।  स्पेनमा कोरोना संक्रमितको संख्या बढेसँगै छिमेकी मुलुक फ्रान्सले दुई मुलुकबीचकी सीमा बन्दका लागि पुन: एकपटक सोच्‍नुपर्ने जनाएको छ ।

स्पेनमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा बढी संक्रमित फेला परिसकेको अवस्था छ भने हालसम्म २८ हजार ४ सय जनाको मृत्यु भइसकेको छ ।

गएको चौबीस घण्टामा स्पेनको कैटलोनियामा मात्रै एक हजार एक सय २६ संक्रमित फेला परेका छन् । यीमध्ये आठ सय ९४ जना बार्सिलोनाका छन् । यहाँ नाइट क्लब, जिमखानाका साथै रेस्टुरेन्टहरु खोल्नमा प्रतिबन्ध लगाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार