बर्दियामा १० जनामा कोरोना संक्रमण पुष्टि

बर्दियामा १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको ठाकुरबाबा नगरपालिकाकाका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १० जनामा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका ठाकुरबाबाका १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २० पुगेको छ । कोरोना सन्चो भएर १९२ जना घर फर्केका छन् । २८ जनाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार