विद्यार्थी भर्ना साउन ८ बाट खुला

विद्यार्थी भर्ना साउन ८ बाट खुला

काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ ।

साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार