दार्चुलाको मालिकार्जुनमा पहिरोमा पुरिएर दाजुभाइको मृत्यु

दार्चुलाको मालिकार्जुनमा पहिरोमा पुरिएर दाजुभाइको मृत्यु

फोटो दिनेश खबरबाट

काठमाडौँ । दार्चुलामा पहिरोले घर पुरिँदा एउटै घरका दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर  दुई जनाको मृत्यु भएको हो।

घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। मृत्यु भएका दुबै जनाको घरभित्रबाट शव निकालिएको छ। मृत्यु भएका अर्जुन र मिलन दाजु भाइ हुन्।

यस्तै घटनामा परी घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।

घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो।

उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन्। वडा नम्बर ८ को वडा कार्यालयको फिल्ड र शौचालय भत्किएपछि लक्ष्मीको घर पुरिएको हो। यस्तै पहिरोले शुविरसिह धामी र हरसिह धामीको पसलमा क्षति पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार