मुग्लिन–नारायणगढ सडक एकतर्फी बाटो खुल्यो

मुग्लिन–नारायणगढ सडक एकतर्फी बाटो खुल्यो

काठमाडौँ । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । उक्त सडकखण्ड अन्तर्गतको चारकिलोमा खसेको पहिरो हटाएर दिउँसो साढे चार बजेदेखि एकतर्फी बाटो खुलाइएको हो ।

अहिले एकतर्फी गाडी चलिरहेको मुग्लिन– नारायणगढ सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरोका कारण यो सडकखण्ड सोमबार बिहानदेखि ठप्प भएको थियो ।

अहिले पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङ्गटार र फिस्लिङ्ग नजिकै खसेको पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाएर मङ्गलबार नै चितवन जिल्लाभित्र पर्ने राजमार्ग खुलाउने तयारी भएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

यस्तै धादिङमा बाढी पहिरोले भत्काएको मौवा खोलामा भने पुल बनि नसकेकाले काठमाण्डौसम्म आउजाउ हुन सकेको छैन । पुल मर्मतको कामर भइरहेकाले काठमाण्डौ आउजाउ गर्न अझै दुई दिन लाग्न सक्ने प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार