अन्तत : युट्युबबाट हटाइयो ‘अबको तीज नो व्रत प्लिज’

अन्तत : युट्युबबाट हटाइयो ‘अबको तीज नो व्रत प्लिज’

काठमाडौं– यहि साता गायिका सोफिया थापाले बजारमा ल्याएको ‘अबको तीज नो व्रत प्लिज’ शीर्षकको गीत युट्युब च्यानलबाट हटाइएको छ।  उक्त गीतलाई धार्मिक संस्थाले प्रतिबन्ध गर्न दबाब दिएपछि युट्युबमा प्राइभेट गरिएको भिडियो अपलोडर हाइलाइट्स नेपालले बताएको छ।

हिन्दु महिलाहरुको पर्व तीजको पररम्पराविपरीत गीत बजारमा ल्याइएको भन्दै हिन्दु जागरण संस्था त्यसको विरूद्धमा उत्रिएको थियो।  गीतका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा विभिन्न विचार व्यक्त भएका थिए। गीत ‘विवादित’ बनाइएपछि च्यानलबाट हटाइएको छ।

गीतका शब्दहरुले नेपालको पवित्र चाड र हिन्दू महिलाहरुको आस्थामा चोट् पुर्याएको भनेर विभिन्न संघ–संस्थाहरुले यसलाई हटाउन आग्रह गरेका थिए  । यो गीत सोफिया स्वयंले लेखेकी हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार