यो साता कोरोनाका कारण १६ गैरआवासीय नेपालीको मृत्यु

यो साता कोरोनाका कारण १६ गैरआवासीय नेपालीको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणका कारण विश्वभर पछिल्लो साता १६ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, संयुक्त अरब ईमिरेट्स युएईमा ५ र कुवेतमा ३ जनाको मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणका कारण प्रवासमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६० पुगेको छ ।

यस्तै, भारत, साउदी अरब, युएई र कुवेतमा मात्र यो साता ९ सय ५० नेपालीमा संक्रमण पुष्टि भएको छ । हालसम्म विभिन्न मलुकमा ३० हजार ५ सय ७१ नेपालीमा संक्रमण पुष्टि भएकोमा २८ हजार ६ सय ८१ जना निको भइसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार