गायक रन्जित लामाको ‘परदेशीको कथा व्यथा’ बजारमा

गायक रन्जित लामाको ‘परदेशीको कथा व्यथा’ बजारमा

काठमाडौँ । गायक रन्जित लामाको ‘परदेशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ, मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाई लगायत थुप्रै हिट गीतहरु गाइसकेका छन ।

आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन । गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको उक्त गीतमा गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।

भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार