दुःखमा बृद्ध दम्पती : अमेरिकामा सहयोग संकलन शुरु

दुःखमा बृद्ध दम्पती : अमेरिकामा सहयोग संकलन शुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-११ काफलबोटका बृद्ध पदमसिंह रोकाको परिवारको जिवन गुजाराका लागि सहयोगार्थ आर्थिक सहयोग संकलन शुरु गरिएको छ ।

रुकुम पश्चिम घर भई हाल अमेरिकाको क्यालीफोर्नीयामा बसोबास गर्ने युवा समाजसेवी तथा अभियान्ता प्रेमराज केसी अमेरिकाको टेक्सासमा बस्ने खेलाडी एवं समाजसेवी मनराज देवकोटा, युवा समाजसेवी एवं अभियान्ताहरु गोर्ख कुसारी, मोहन कुसारी, बिर्ख खत्री लगाएत रुकुमेली युवाहरुको सक्रियतामा सहयोग संकलन शुरु गरिएको अमेरिकाको टेक्सास बाट युवा खेलाडी एवं समाजसेवी मनराज देवकोटाले जानकारी दिएका छन ।

लामो समय सम्म निकै समस्यामा दैनिक जिवन गुजारा गर्दै आएका बृद्ध दम्पतीको पीडा सोहि ठाउँकी सिर्जना ओलीले सामाजिक सञ्जालमा राखेपछि अमेरिकामा बस्ने युवाहरुले आर्थिक सहयोग संकलन सुरु गरेका छन ।

अहिले सम्म नेपाली १ लाख ७१ हजार रुपैँया संकलन भईसकेको र आगामी एक हप्ताभित्र सम्पुर्ण सहयोग संकलन गरि पीडितलाई वितरण गरिने क्यालीफोर्नीयाबाट प्रेमराज केसीले जानकारी दिएका छन ।

यस्तै रुकुम घर भई अमेरिकामा बसोबास गर्ने युवाहरुले बेसाहारा पदमसिंह रोकाको बृद्ध दम्पतीको सहयोगार्थ सहयोग संकलन अभियानमा आँफुले सकेको सहयोग गर्न देश बिदेशमा रहने सबै नेपालीहरुलाई आग्रह समेत गरेका छन । हेर्नुहोस भिडियो

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार