मौलिक तीज गीत ‘संगिनी’ बजारमा (भिडियो)

मौलिक तीज गीत ‘संगिनी’ बजारमा (भिडियो)

काठमाडौँ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा अहिले नयाँ-नयाँ तीज गितहरु आउने क्रममा जारी रहेको छ ।  नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा लिने गरिएको हरितालिका तीज पर्वले आकार परिवर्तन गरेको छ । सर्जक किरण बाबु पुनको शब्द तथा लय रहेको तीज गीत ‘संगिनी’ सार्बजनिक गरिएको छ ।

संगिनी ग्रुपले  निकै रोमान्टिक र मौलिकता सहितको तीज गीत बजारमा ल्याएको छ । जसको भिडियोलाई चयन मगर गुरुङको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा गायिका चयन मगर र आशा पुन मगरको स्वर रहेको छ ।

केशव वडुले एरेन्ज गरेको गीतलाई सागर पुनले रेकर्ड गरेका छन भने कुमार सानुले मिक्सिङ गरेका हुन। शंकरा स्टुडियोमा रेकर्ड गरिएको याे गीतलाई संगिनी ग्रुपले बजार ब्यबस्थापन गरेको हो ।

उक्त भिडियोमा रिना थापा, केशु पुन, प्रिया मगर र निर्मला वलीको उत्कृस्ट अभिनय रहेको छ । नेपाली चेलीहरुको कथावस्तुमा आधारित रहेको मौलिक तीज गीतमा साथी संगिनीले बालापनमा गरेका हरेक क्रियाकलापलाई नजिकबाट नियालेर भावमा समेट्न खोजिएको छ ।

विशेष गरी यस (भिडियो) गीतले तीजमा साथीसंगी मिलेर रमाइलो गर्नुपर्छ भन्ने यथार्थलाई गीतकार किरण बाबु पुनले शब्दमा उतारेका छन् । केशु पुनको निर्देशन रहेको भिडियोलाई करण चइसरले छायाकंन गरेका हुन् । मनोज कार्कीले भिडियो सम्पादन गरेका छन् । हेरौं भिडियोमा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार