एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न अस्पताल पुगिन राधिका

एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न अस्पताल पुगिन राधिका

काठमाडौँ । बिहीबार साँझ पौने आठ बजे काठमाडौको नागरजुन नगरपालिका-४ सृजनशील टोलमा एसिड आक्रमणमा परेकी ओखलढुङ्गाकी २२ बर्षकी पवित्रा कार्कीलाई अधिवक्ता राधिका खतिवडाले भेटेकी छन् ।

शनिबार पवित्रा र उनका दिदि भिनाजुलाई अधिवक्ता राधिकाले कीर्तिपुर अस्पताल पुगेर भेटेकी हुन । उनले एसिड आक्रमण बाट घाईते पवित्राको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएकी थिइन ।

परिवार को आर्थिक अवस्था कम्जोर रहेकोले उपचारमा समस्या रहेको पत्रिवाका दिदि भिनाजुले आफुलाई बताएको अधिवक्ता राधिकाले बताइन । तत्काल केहि रकम उपलब्ध गराइ सहयोगको लागी सबैलाई आव्हान गर्ने र आईतबार सम्बन्धित मन्त्रालयमा पुगेर उपचार खर्च राज्यले व्यहोर्न पहल गर्ने बताएकी छिन ।

यस अघि नै अधिवक्ता खतिवडाले पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन र एसिड प्रहारमा परेकी युवतीको पक्षबाट निःशुल्क बहस पैरवी गर्ने घोषणा गरेकी थिइन ।

पवित्राको उपचारमा संलग्न प्लास्टिक सर्जन डा‍. शंकर राईका अनुसार उनको शरीरको ३ प्रतिशत जलेको छ र जोखिमरहित छिन् । चिकित्सकका अनुसार पवित्राको घाउ त्यत्ति गहिरो देखिँदैन । ‘धेरै गहिरो घाउ छैन । त्यसैले जोखिम पनि कम छ,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’

यस्तै पवित्रामाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गरि बिहिबार राती नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार