पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका क–कसले छाडे पार्टी ?

पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका क–कसले छाडे पार्टी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनीलबहादुर थापा लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेता तथा कार्यकर्ताले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत लगायत ३१ जनाले राजीनामा दिएका हुन् ।
थापासहितका ३० जना नेताहरुले शनिबार साँझ पार्टी अध्यक्ष पशुपतिसमशेर राणालाई इमेल मार्फत संयुक्त राजीनामा बुझाएका छन् ।

राजीनामा दिने नेताहरुमा सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।

त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।

थापाको गृहजिल्ला धनकुटाबाट जिल्ला कार्यसमितका सम्पूर्ण सदस्य र स्थानीय कमिटीहरु राप्रपाबाट अलग भएको राजीनामा पत्रमा दाबी गरिएको छ । पार्टी परित्याग गर्नेहरुमा धनकुटापछि सिन्धुपाल्चोकका कार्यकर्ताहरु बढी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार