आरजु देउवाले बाँडिन् दुई हजार विद्यार्थीलाई झोला

आरजु देउवाले बाँडिन् दुई हजार विद्यार्थीलाई झोला

धनगढी : धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका दुई हजार भन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री सहितका झोला हस्तान्तरण गरिएको छ।

धनगढी उपमहानगरपालिका र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाइना फाउन्डेसनको आर्थिक सहयोगमा दुई हजार १ जना विद्यार्थीलाई झोला र पाठ्य समग्री वितरण गरिएको हो।

झोला लगायत सामग्री रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए।

झोला वितरण गर्न डाक्टर देउवा धनगढी उपमहानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिइन्।

बुधबार दुई विद्यालयबाट सुरु गरिएको झोला वितरण अरु १३ विद्यालयमा पनि हुनेछ। कार्यक्रम अन्तर्गत उपमहानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ सामुदायिक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्यसामग्री हस्तान्तरण गरिने कांग्रेस नेतृ देउवाले बताइन्। सामुदायिक विद्यालयका बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको देउवाको भनाई छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार