डुबानमा मेरो शहर भो

डुबानमा मेरो शहर भो

फोहोर फाल्छौ हामी-नालाहरु जाम गर्छौ
र भन्छौं डुबानमा मेरो शहर भो।।

प्रदुषित गर्छौ प्रकृतिलाइ हामी
र भन्छौं-प्रकृति हाम्रो लागि जहर भो।।

रुख काट्छौ-जङल विनाश गर्छौ हामी
र भन्छौं-बर्षायाम हाम्रो लागि कहर भो।।

हाम्रै गलत गतिविधि का कारण
प्राकृतिक प्रकोप बढेको मेरो ठहर हो।।

बेशी झर्नु-शहर पस्नु कतिको बाध्यता होला
तर धेरै मान्छेको यो फगत एउटा रहर हो।।

प्रकृति मैत्री बनौं-प्रकृतिमै रमाउ हामी
किनकि प्रकृति नै हाम्रो जिवनको भर हो।।

प्रदुषित नगरौं प्रकृतिलाई हामी
नभनौ-प्रकृति हाम्रो लागि कहर हो।।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार