उत्तर कोरियामा संकटकाल घोषणा

उत्तर कोरियामा संकटकाल घोषणा

दक्षिण कोरियाबाट अवैध छिरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले संकटकाल लगाएको छ । साथै सीमा क्षेत्रमा लकडाउन गरिएको छ ।

नेता किम जोङ उनले पोलिटव्यूरोको आकस्मिक बैठक बोलाई क्रुर भाइरस मुलुक प्रवेश गरेकाले अवस्था संवेदनशील बनेको बताउनुभएको त्यहाँको राष्ट्रिय समाचार संस्था केसिएनएले जनाएको छ । देशद्रोहको आरोपमा ३ बर्षअघि निकाला गरिएका व्यक्ति अवैध रुपमा सीमामा रहेको गैरसैनिक क्षेत्रमा प्रवेश गरेको र उनमा कोरोना संक्रमणको लक्षण देखिएको केसिएनएले उल्लेख गरेको छ ।

उत्तर कोरिया कोरोना संक्रमणबारे बोलेको यो पहिलो पटक हो । सहयोग वा मानवीय सहायता उपलब्ध गराउनका लागि विश्वको ध्यान आकृष्ट गर्न उत्तर कोरियाले सो घटना बाहिर ल्याएको हुनसक्ने कतिपयको आशंका छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार