राखेप को सदस्य-सचिवमा रमेश सिलवाल नियुक्त

राखेप को सदस्य-सचिवमा रमेश सिलवाल नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा रमेश कुमार सिलवाल नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो।

आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाको नाम सिफिरिस गरेको थियो । सिफारिस समितिले सिलवालसँगै लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालय पठाएको थियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेस गरेको थियो।

सदस्यसचिवमा सिलवालसँगै राखेप उपाध्यक्षमा शिव कोइरालालाई समेत नियुक्त गरिएको छ। कोइरालाले १३औं सागमा प्रचारप्रसार विभाग संयोजक भएर काम गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार