सुनिल थापा कांग्रेसमा प्रवेश

सुनिल थापा कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस मुख्यालय सानेपामा आयोजित विशेष समारोहमा सुनिलबहादुर थापा लगायत राप्रपा परित्याग गरेका नयाँ प्रवेशी नेताहरूलाई सभापति शेरबहादुर देउवाले कांग्रेसको सदस्यता दिएका थिए।

यस्तै नवप्रवेशी नेताहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय स्तरका १४ जना नेता कांग्रेस प्रवेश गरेका छन्।

बाँकी नेताकार्यकर्तालाई भने जिल्ला स्तरमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ। काँग्रेस स्रोतका अनुसार थापाले अब सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार