सीटीईभीटीको पूर्व निर्धारित स्थगित परीक्षा भदौ दोस्रो साता

सीटीईभीटीको पूर्व निर्धारित स्थगित परीक्षा भदौ दोस्रो साता

काठमाडौं । लकडाउनका कारण रोकिएको प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित पूर्व निर्धारित  परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न तयारीमा लागिएको सीटीईभीटी द्वारा मंगलबार जारी सूचनामा उल्लेख गरिएकाे छ ।

सीटीईभीटीले परीक्षाको विस्तृत तालिका भने केही दिनमा प्रकाशित हुने जनाइएको छ । सरकारले कोरोना भाइरसका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार