अमेरिकामा कोरोना भाइरसबाट कुकुरको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट कुकुरको मृत्यु

न्युर्योक । अमेरिका कोरोना भाइरसको सक्रमणबाट बाट पहिलो पटक कुकुरको मृत्यु भएको छ । सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन । अमेरिका कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको छ।

नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन । उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

बडीलाई लिम्फोमा थियो ९एक प्रकारको अबुर्द रोग ९क्यान्सर ० यसले उसको मृत्यु हुनु भन्दा ठीक पहिले भोग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ । अहिले सम्म बडीको परिचय उनको संक्रमण र यस मामला सम्बन्धि विवरण, र उनको मृत्यु सार्वजनिक गरिएको थिएन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार