मेरो रुकुम

मेरो रुकुम

प्यारो मेरो रुकुम धरती जन्म सौन्दर्यकै भो
डाँडा पाखा लेक चवरमा पुष्पवृष्टि जहाँ भो
अग्ला अग्ला लेकशिखरमा नाच्छ डाफेमुनाल
अग्लोसेतो हिउँ चहकिलो हाँस्छ सिस्ने हिमाल

नाच्छन् सारा वन वन डुली मृग पंक्षी सुरम्य
हास्छन् सारा जुगजुग अहा शैल सत्मार्ग धन्य
भेडा बाख्रा सबतिर बुकी घाँस चर्ने गरेको
भेडा ग्वाला सुख र दुखको कष्ट भोग्ने गरेको

ठेकी बोकी रन र वनमा गोठ धाइरहेको
पेशा खेती अधरपसिना नित्य झुण्डी रहेको
यस्तै यस्तै दुख र सुखमा नाम टाढा पुगेको
यो जिल्लाको अमर सपना मेघ जस्तै घुमेको

भाका छोडे रविकिरण पर्दैन कैलै जहाँको
गाथा बेची दरबार खडा हुन्न कैलै यहाँको
यस्को पुर्खा जगतभरमा देशकै लागि लड्यो
गोर्खालीको सपूत पुत्र हो देशकै लागि उठ्यो

(उक्त रचना लेखक केसीले २०५४ सालमा लेखेका हुन)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार