मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौ दोस्रो बाट

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौ दोस्रो बाट

काठमाडौं । यस अघि चैत्रमा स्थगित भएको नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा भदौमा हुने भएको छ। काउन्सिलले लकडाउन खुलेपछि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो।

काउन्सिलद्वारा सार्वजनिक तालिका अनुसार भदौ ७ देखि १० गतेसम्म परीक्षा हुनेछ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भवनमा हुनेछ।

भदौ ७ गते बिडिएस र भदौ ८ ९ र १० गते एमबिबिएसको परीक्षा हुने तालिका सार्वजनिक भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार