ट्रम्पको अर्को विवादास्पद आग्रह, बाइडेनमाथि छानबिन गर्न चीनलाई सुझाव

ट्रम्पको अर्को विवादास्पद आग्रह, बाइडेनमाथि छानबिन गर्न चीनलाई सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन र उनका छोरा हन्टर बाइडेनका सम्बन्धमा युक्रेनका राष्ट्रपतिलाई सुझाएको विषयमा महाअभियोग लगाउने बारे अनुसन्धान भइरहेको छ । यहि बिचमा ट्रम्पले चीनलाई सुझाव दिएका छन् कि उसले जो बाइडेन र हन्टर बाइडेनमाथि छानबिन गर्नु पर्छ ।

युक्रेन र चीन दुवै देशले जो बाइडेन र हन्टर बाइडेनका सम्बन्धमा अनुसन्धान गर्नु पर्ने बताएका छन् । जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनी सो होडमा सबैभन्दा अघि छन् ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि राजनीतिक प्रतिद्वन्द्वीको छवी धुमिल बनाउनका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ । यहि आरोपका बिच ट्रम्पले भनेका छन्, ‘चीनले बाइडेनमाथि अनुसन्धान सुरु गर्नु पर्छ ।’

ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई जो बाइडेन तथा हन्टर बाइडेनमाथि अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्र्याटले लगाएका छन् । संसदको तल्लो सदनले यस ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।

टेलिफोन संवादमा केन्द्रमा रहेका पोम्पोओ तथा ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीलाई युक्रेन तथा त्यहाँका नेतासँग ट्रम्प र उनका सहयोगीको कुराकानी सम्बन्धी सम्पूर्ण जानकारी तथा कागजात प्रस्तुत गर्नका लागि तल्लो सदनका कमिटिले समय सीमासहित आदेश दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार