गुल्मीको रुरुमा पहिराे : एकै घरका ४ जना बेपत्ता

गुल्मीको रुरुमा पहिराे : एकै घरका ४ जना बेपत्ता

सां‌केतिक फोटो

काठमाडौँ । गुल्मीको रुरु गाउँपालिका–५ आँटीपाटामा शुक्रबार गएको पहिरोमा एकैघरका चार जना पुरिएका छन् । एक बालकको शव फेला परेको छ । तीन जना बेपत्ता छन् ।

घर माथिबाट ढुंगासहित बगेर आएको पहिरोले राजु माझीको घर बगाएको हो । पहिरोमा पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् । करिब ४ वर्षीया छोरी विनिताको शव फेला परेको छ ।

घटनास्थलमा रिडी र श्रृंगा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन । घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट दुई घण्टामा गाडीमा पुग्ने प्रजिअ शर्माले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार