चिकित्सक संघ दाङको अध्यक्षमा डा. रेग्मी

चिकित्सक संघ दाङको अध्यक्षमा डा. रेग्मी

घोराही । नेपाल चिकित्सक संघ दाङको अध्यक्षमा वाल रोग विशेष डा. कुबेर कुमार रेग्मी निर्वाचित भएका छन । संघको सम्पन्न चौथो महाधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । डा. रेग्मी दाङको घोराही स्थित गोर्खा पब्लिक हस्पिटलमा कार्यरत छन ।

चिकित्सक संघको निबर्तमान अध्यक्षमा डा. जनार्दन पन्थी, बरिष्ठ उपाध्यक्ष डा. किशोर खत्री, उपाध्यक्ष डा. माधब गोहित, महासचिव डा. बिपि भुसाल, सह-सचिब डा. बिक्रम बुढाथोकी, कोषाध्यक्ष डा. रमेश बस्नेत र सह-कोषाध्यक्षमा डा. अनुपमा शर्मा निर्वाचित भएका हुन ।

त्यसैगरी कार्यसमिति सदस्यमा, डा. पुष्प भुसाल, डा. मुक्तिनाथ रौनियार, डा. एन्जिलीका कार्की, डा. सबल कृष्ण गैरे, डा.बम बिसी, डा. सन्दीप खड्का र संघको सल्लाहकारमा डा।हिमकर ज्ञवाली, डा. पदम अधिकारी, डा. प्रताप पोख्रेल, डा. सर्बेश शर्मा र डा. अनिल यादव रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार