रोल्पाको रुन्टिगढीमा कुटपिटबाट एकको मृत्यु, १४ जना पक्राउ

रोल्पाको रुन्टिगढीमा कुटपिटबाट एकको मृत्यु, १४ जना पक्राउ

काठमाडौँ । चोरी आरोपमा स्थानीयले कुटपिट गर्दा रोल्पामा एक जनाको ज्यान गएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका-६​ डुब्रीङ सालडाँडाका २८ वर्षीय ईश्वर बस्नेतको शनिबार कुटपिटबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

ईश्वरमाथि छिमेकी टेकबहादुर बुढाको घरमा लुटपाट गरेको आरोप लागेपछि स्थानीयले कुटपिट गरेका थिए । त्यसै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिटमा  संलग्न रहेको आशंकामा  १४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारमा लाने क्रममा शनिबार मृत्यु भएको थियो । घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार